आशंका (बम-गोली-बन्दुक)

द्वन्द र यसका दुःसपरिणामलाई आजको विश्व परिदृष्यमा यस नाटकले हल्का स्पर्श गर्न खोजेको छ । यो आशंका लेखकको, रेडियो नाटकको र विश्वकै आशंका हो । कतै यो आशंका दुभाग्यपूर्ण सत्य नबनोस् । हामी यहि कामना गर्छौ । भोलिको दिन पारिलो घाम बोकेर आओस । आशंकाका बादल हटुन र सर्वत्र शान्ति छाओस ।
सधै आँखा अगाडी देखेको मान्छे ओझेलिदा फरक अनुभव हुनु र मनमा आशंकाले स्थान पाउनु नौलो कुरा हैन । भित्तामा झुण्डाएको तस्वीरलाई निकालेर अर्को ठाउँमा झुण्डाउदा त कोठा खालि खालि लाग्छ भने प्राण भन्दा प्यारो ब्यक्ति सदाको लागि आफु भन्दा टाढा जादाँ मनमा भक्कानो पर्नु त स्वभाविक हो । तर जब यहि भावना एक ब्यक्तिको नभई धेरैको र धेरैको पनि नभई जब देश अनि विश्वको हुन्छ अनि यसले आफ्नो रुप निराकार बनाउछ । जहाँ कुनै पनि कुरा सहज र असत्य भन्दा पनि नगण्य हुन्छ । जव यस्तो भाव मनमा उत्पन्न हुन्छ यसले स्वयंमलाई पनि राम्रो गर्दैन र संगैको संगतलाई पनि राम्रो गर्दैन । यी यस्तै भावना र मनोदशालाई प्रा. गोविन्द प्रसाद घिमिरेले आफ्नो एकाङ्की नाटक ‘आशंका’ मा ब्यक्त गरेका छन । ‘आशंका’ रङ्गमञ्चीय नाटक भए पनि यसलाई प्रयोगात्मक रेडियो नाटकको रुपमा प्रस्तुत गरिएको छ । आशा छ यो प्रयोग रेडियो नाटकको क्षेत्रमा एउटा राम्रो अवसर बनेर रहनेछ ।
[audioplayer file=”http://ia600406.us.archive.org/9/items/Aasnkha/37_Aashnkha.mp3″]