सबै भन्दा सुखी र खुशी को हो ?
सबै भन्दा सुखी र खुशी को हो ?गुरुदेव :
सबै भन्दा सुखी मन र सबै भन्दा खुशी सपना ।
बालिके :
कस्तो मन र कस्तो सपना
गुरुदेव :
न मनको कुनै जात हुन्छ न सपनाको कुनै धर्म ।
बालिके :
सबै मान्छे सुखी हुन्छन् त ?
गुरुदेव :
मन जसको गति वायु जस्तै तेज र पानी जस्तै शान्त । अनि सपना त्यही मनबाट उत्पन्न हुन्छ र त्यही मनमा बिलिन हुन्छ । मन सपना बीना सम्भव छैन अनि सपना मनबीना रहन सक्दैन । तपाईं सपनाको खोजि गर्दै हुनुहुन्छ कि मनको ? सायद सपनाको ? सायद मनको… ?
बालिके :
मैले मेरो सपना र मन दुबै चिनिंन । मनमा के छ र सपनामा के छ… दोधारमा छु । गुरुको सहयोगको अपेक्षा ।
गुरुदेव :
मन भनेको कालो हुन्छ , सपना भनेको रंगिन ।
बालिके :
कालो ?
गुरुदेव :
मन भित्र भएकोले कालो हुन्छ , सपना बाहिर हुने भएकोले रंगिन ।
बालिके :
यी दुइटामा के के पर्छन् कसरी थाहा पाउने ? मनमा के छ ? सपनामा के छ ?
गुरुदेव :
मनमा भएको कुराले आफूलाई सताउँछ , सपनामा भएको कुराले अरुलाई सताउँछ ।
बालिके :
लौ । माथिको बुझें, तलको नाईं ।
गुरुदेव :
सपना आफ्नो हुन्छ तर सम्बन्ध अरुसँग हुन्छ । जुन कुरामा आफ्नो भर हुँदैन त्यसमा अरुको भर पर्नुपर्छ । सपना पूरा गर्न र त्यसको नजिक जान मनले साहयता गर्छ । तर अरुको सहायताबीना एक्लै सपना पूरा हुँदैन ।
बालिके :
झन् धेरै बुझिंन ।
गुरुदेव :
मनलाई परिवर्तन गर्न सकिन्छ तर सपना परिवर्तन हुँदैन ।
बालिके :
मनलाई कसरी परिवर्तन गर्ने ?
गुरुदेव :
सपना परिवर्तन हुँदैन, त्यसको रुप मात्र परिवर्तन हुन्छ र सपनाको प्रारुप परिवर्तन बीना मन परिवर्तन हुन सक्दैन । सपना के हो ? सपनाको प्रारुप कस्तो छ ? त्यसलाई बुझेमा मन परिवर्तन गर्न सकिन्छ ।
बालिके :
सपना के हो ? र मनमा के छ ? दुबै एउटै लाग्छ ।
गुरुदेव :
यी दुईमा आन्तरिक सम्बन्ध भएकाले एउटै हुन् जस्तो लाग्छ । तर यिनीहरु फरक हुन् र नजिक मात्र छन् । मनले सपना बनाउँदैन र सपनाले पनि मन बनाउँदैन । यिनीहरुमा त्यति धेरै शाहष र तागत हुँदैन । यिनीहरुको जन्म हामी हाम्रो व्यवहारबाट गर्दछौं र व्यवहारबाट नै यसको विकास पनि गर्दछौं । न मन पहिले जन्मन्छ , न सपना । यी दुबै एकै चोटि जन्मन्छन् ।
बालिके :
ठीक र बेठीक व्यवहार कसरी छुट्याउने ?
गुरुदेव :
यसको उत्तर मनसँग हुन्छ । मनले भन्छ , यो ठीक यो बेठीक ।
बालिके :
मन दोधार भयो भने ?
गुरुदेव :
सँगै मनले अर्को पनि भन्छ । सपनालाई सोध पनि भन्छ । हो त्यही कुरा मनले सपनालाई सोध भन्छ , यो नै दुविधा हो । यसलाई नै मानिसहरु समय, दुःख र नराम्रो मान्छन् ।
बालिके :
सपना नभएको मान्छे हुन्छ ?
गुरुदेव :
सपना र मन बीनाको मान्छे सम्भव छैन । सपना नहुनलाई मन नहुनुपर्छ र मन नहुनलाई सपना नहुनुपर्छ र यो सम्भव छैन ।
बालिके :
सजिलो गरी भन्दा ।
गुरुदेव :
सपनाबीनाको मान्छे हुँदैन ।
बालिके :
म कसरी थाहा पाउँ मेरो मन र सपना के हो ?
गुरुदेव :
मान्छेले गर्ने व्यवहार नै सपना र मन हुन् । यसैबाट यिनीहरु जन्मन्छन् ।
बालिके :
साह्रै गाह्रो भो । सरल विधि छैन ?
गुरुदेव :
सरल बुझाइमा छ, गराइमा छ र भनाइमा छ ।
बालिके :
सही निर्णय भनेको के हो ?
गुरुदेव :
जे मनलाई लाग्छ ?
बालिके :
यो मन कहाँ छ ?
गुरुदेव :
हामीभित्रको अँध्यारो कोठामा ।
बालिके :
किन यसलाई कालो भन्नु भएको ? भित्र सबै कालो हुन्छ र ?
गुरुदेव :
किनकि यो देखिंदैन । त्यही भएर मानिस मनलाई बुझ्न सकिंदैन भन्छन् । जहाँ अँध्यारो छ त्यहाँको संसारलाई कल्पना गर्न सकिंदैन । राम्रो नराम्रो दुबै सँगै हुन्छन् । आफूले खोज्दा के भेटिन्छ भन्ने कुरामात्र फरक हो । तर छन् त दुबै सँगै ।
बालिके :
तपाईंले मनको कुरा गर्नु भको है ?
गुरुदेव :
मन अनि मन भित्रको राम्रो नराम्रो ।
बालिके :
मैले बुझें कि बुझिंन थाहा नै छैन । केही ज्ञान त पाएँ ।
गुरुदेव :
बालिके , आजलाई यति नै गरौं ।
बालिके :
हस् गुरुदेव । शुभ रात्री ।
गुरुदेव :
आजको कक्षा यति नै, विश्राम गर बालिके ।
बालिके :
जो आज्ञा ।
गुरुदेव :
म पनि पक्का गफाडि पो भएँछु है ?
बालिके :
पक्का प्रवचन दिने गुरु । हो, दिंदा हुन्छ ।
———
आफु गुरु हुँदाको अनुभब पनि रमाइलो नै हुने रहेछ । बिचार पढिदिनुभएकोमा धेरै धेरै धन्यवाद ।
I appreciate your creativity of changing chat into a nice blog.
🙂 n i appreciate the person who typed it !! hehe