शून्यबाट शुरु भएको शून्य शून्यमा अन्त्य हुन्छ .

सिर्जनाको सुरुवातमा देखिने अर्थ नै वास्तविक जीवनको जिउने मन्त्र हो । कसैको मुखबाट सुनेको थिए शून्यबाट शुरु भएको शून्य, शून्यमा अन्त्य हुन्छ । मलाई पत्यार लागेको थिएन । यो कसरी सम्भब छ ? जब कुनै खाली गिलासमा पानी हाल्छौ भने अन्त्यमा कसरी त्यो गिलासमा पानी हुदैन ? पानी हालिए पछी त पानी त हुनुपर्छ नि । तर अहिले बुझ्दैछु बास्तबमा अन्त्यमा पनि गिलास खाली नै हुदोरैछ ।

धेरै समय लाग्यो यो बुझ्न मलाई । मैले समय सिमालाई ध्यान नदिएको कारण यस्तो भएको रहेछ । पानी गिलासमा हाल्नु भनेको आफुले पानी पिउनको लागि वा अरु कसैलाई पिलाउनको लागि हो वा यसलाई यसो भनौ त्यो गिलासमा भएको पानीको उपयोग गर्नको लागि नै हामी गिलासमा पानी हाल्ने गर्छौ । यदि यसो हो भने अन्त्यमा त गिलास फेरी खालि नै हुने भयो । यसमा मात्र फरक यति भयो हामीले गिलासलाई पानी उपयोग गर्न मात्र प्रयोग गरिरहेका छौ । र यसैलाई हामी साधन भन्छौ । त्यसो भए अर्को कुरा पनि आउन सक्छ त्यो के भने साधनलाई हेरेर हामी यसको अन्त्य कसरी पत्ता लगाउन सक्छौ ? ल मैले माने कि पत्ता लगाउन सकिदैन । तिर्खा लाग्न शुरु भएपछी पानीको खोजि सुरु भयो, पानी पिएपछि तिर्खा शान्त भयो अनि हामीलाई पानी चाहिएन । भन्नुको अर्थ तिर्खालाग्नु भन्दा अगाडिको समय र पानी पिइसक्यपछीको समयमा के फरक छ भन्दा हामीलाई अगाडी पनि पानीको आवश्कता थिएन पछाडी पनि छैन । यो अवस्थामा त शून्य को शुरुवात शुन्यको अन्त्य भयो । यदि पानी पिउदै गर्दा को समयलाई हेर्ने हो भने त्यसमा उतार चडाब  देखिन्छ । हैन भने हामीले शून्य नै देख्छौ र शून्य नै पाउछौ । बाहिर हेरौ भने पनि शून्य नै पाउछौ । किनभने जन्म र मृत्यु  शुन्यमै हुन्छ । यसबाट मैले के बुझेको छु भने अगाडिको सोचमा भएको शक्ति र पछाडी भएको शक्ति समान र शक्तिशाली हुन्छ । र हामी यसैका कारण बाचेका छौ । मानिस मलाई शुन्यवादी भन्छन तर म शुन्यवादी हैन । म एक अलिक नौलो सोच्ने विचारवादी मात्र हु ।