आमा – विशेष रेडियो कार्यक्रम

भगवान सबै ठाउँमा पुग्न सक्दैनन् त्यसैले उनले आमा बनाए । म्याक्सिम गोर्कीको यो भनाईसँग हामी सबै सहमत छौं । आमाको काख जति न्यानो , सुरक्षित र ममतामयी स्थान अन्त कहीं छैन । सन्तानका निम्ति आमा आफ्नो गाँस काट्छिन, सन्तानको हेरचाहमा रात रातभर जागै बस्छिन् सारा कुरा छोडेर उनी सन्तानको निम्ति मरिमेट्छिन् । यो विश्वब्रहमाण्डमा आमाजति उच्च, आमाजति विशिष्ट, आमाजस्तै महान् अरु कोही पनि छैन । विश्वभरका प्राणीलाई शरण दिने आमा धर्ती हुन, सारा जीवात्मालाई ओत दिने आमा आकाश हुन, हरेक प्राणीलाई उर्जादिने आमा प्रकाश हुन, चहयाएको घाउमा ममताको मलम दिने आमा सित हुन् ।

[audioplayer file=”http://archive.org/download/StudioMandala/Aama.mp3″]