अर्थको अनर्थ ।

सामाजिक सञ्जाल प्रयोग गर्न थालेको धेरै भो । निजी र सार्वजनिक प्राय: आफुलाई लागेका कुराहरु ब्यक्त गर्न मलाई खासै धेरै सोच्नु पर्छ जस्तो कहिल्यै लागेन । तर विगत ३ महिनाको अवधीमा मलाई सामाजिक सञ्जालमा कुनै कुरा ब्यक्त गर्न अघि ३ चोटी सोच्न बाध्य बनाईएकोछ ।
केहि समय अघि #facebook मा ब्यक्त गरेको एउटा बिचारले मेरा नजिकका र नजिक हुदै गरेका ४ जानले मलाई एकै पटक आफ्नो सर्कलबाट हटाएका छन । तर मलाई उनिहरुले आफ्नो सर्कलबाट हटाएकोमा केहि भन्नु छैन किनभने सायद म उनिहरुको लागि सहज थिईन होला । र त्यो उनिहरुको ब्यक्तिगत अधिकार पनि हो । मैले नबुझेको कुरा यति मात्र हो कि जुन बिचार र अभिब्यक्तिले गर्दा उनिहरुले मलाई हटाए त्यसको सम्बन्ध कुनै रुपमा पनि उनिहरु सँग जोडिएको थिएन ।
सायद यो ब्लग वा मेरा पुराना ब्लगले पनि कसैलाई दुखेको वा मन नपरेको हुन सक्छ । म सबै सँग क्षमा चाहन्छु । तर मेरो चाहना कसैलाई पिडा दिने हैन आफ्नो विचार प्रकट गर्ने मात्र हो ।
यो सामाजिक सञ्जालको सामान्य सधै भैइरहने घटना हो र पनि कहिले काहिँ यस्तै सामान्य घटनाहरुले पनि मन पोल्ने रहेछ ।
मेरो विनम्र आग्रह सबैलाई – मेरो भावना पढेर कसैको मर्ममा पिडा हुन्छ भने त्यो अर्थको अनर्थ मात्र हुनेछ ।
जय होस् ।