शुन्यको अन्त्य सँगै जन्मिएका अद्श्य भावनाहरु

आज एक बर्ष पुरा भएको छ । Tuesday, April 2010 मा मैले एउटा ब्लग लेखेको थिए “शून्यबाट शुरु भएको शून्य, शून्यमा अन्त्य हुन्छ ।” आज फेरी एउटा शुन्यले मेरो ध्यान तानेर लाग्यो । पून: त्यो एक बर्ष अगाडिको ब्लग पढ्न बाध्य बनायो । हुनत आज भर्खर रुकमनी बहिनीले त्यो ब्लगमा कमेन्ट गरेकी थिइन । त्यो पनि खै के भएर हरायो । त्यो कमेन्ट पढेको केही समय पछी नै एउटा खबर आयो ।

साधना भन्ने सानी ७-८ बर्षकी नानीको बि एण्ड बि मा उपचार हुँदाहुँदै निधन भयो रे ! यी ति बालिका हुन जसलाई आज भन्दा कारीब डेड बर्ष अगाडि कसैले गौशाला प्रहरी स्टेसन अगाडि छोडेर गएका थिए । प्रहरीले साधनालाई लिएर एउटा बालगृहमा राखेको थियो । साधना भेटिदा पनि आफ्नो जीवन बचाउन मृत्‍यु सँग लडिरहेकी थिइ । राम्रो सँग देख्न र बोल्न नसक्ने साधनाको कोही थिएन, थियो त केवल रोग र अन्जान बाच्ने आशा । ७-८ बर्षकी साधनालाई जीवन, सुख, दु:ख, आफन्त, पराया केही पनि थाहा थिएन । बालगृहमा उसले बस्ने छत पाई, बोल्ने साथी पाई, जीवन जिउन मिठो नमिठो खान पाई । उसको जीवनमा बिस्तारै परिवर्तनका नव किरण देखापर्न थाले । जसले उसलाई माया गरेर बोलाउथ्यो जिस्किन्थ्यो उसलाई त्यो मान्छे नै संसार लाग्थ्यो । त्यो नै आफुलाई माया गर्ने मान्छे लाग्थ्यो । मैले उनलाई ३-४ महिना अगाडि बालगृह मै भेटेको थिए । उनी घाममा बसेर साथीहरुले खेलेको सुनेर बसेकी थिइ । हामीले उसँग जिस्कदा उनको अनुहारमा देखिएको त्यो हाँसो आज म झल्झली सम्झिरहेको छु । त्यो झझल्को त्यो बेला आसु बनेर भुमिमा खसे जब उनको शरीरलाई सेतो कपडाले बेरिदै थियो । खस्दै गरेका आसुलाई कसैले नदेख्ने गरी सुकाउने प्रयास गरे तर जब स्टेचरमा राखेर उनलाई मुर्दाघर लैजान मेरा हातहरुले स्टेचर धकेलिरहेका बेला मेरा आँखा एकाएक पोखरीमा पारीणत भए । जीवनको पहिलो दु:खद अनुभब बटुल्न म साधनाको सास बिनाको शरीरलाई धकेलिरहेको थिए । मनिसको मृत शरीर देखेको थिए, छोएको थिए तर आफ्नै हातले स्टेचर गुडाएर हिंडेको थिइन । मन हराएको थियो । सोच एक ठाँउमा अडिएको थियो । तर पनि म म नै थिए । हिजो म उनको लागि अपरिचित शुभचिन्तक थिए । तर आज उनकै आत्माको चीर शान्तिको कामना गर्ने ब्यक्ती भएको छु । भगवानले उनको आत्मालाई शान्ति प्रदान गरुन । म यो समयमा ति प्रहरीलाई पनि सलाम गर्छु, ति महिलालाई पनि सलाम गर्छु जसले उनलाई डेड बर्ष आश्रय दियो, ति डाक्टरलाई पनि सलाम गर्छु जसले प्रयास गरे उनलाई यो संसारमा राख्न अनि ति ब्यक्तीलाई पनि सलाम गर्छु जसले उनको जीवन र उज्वल भबिश्य देखेका थिए । फेरी एउटा शुन्यको शुरुवात, शुन्यमै अन्त्य भएको छ । फरक धेरै छन । म सोच्ने गर्थे, जुन मैले पहिलेको ब्लगमा लेखेको थिए । आज पनि शुन्यको अन्त्य शुन्यमै भयो तर त्यही शुन्यमा धेरै अद्श्य भावनाहरुको जन्म पनि भयो । धेरै कुरा जन्मिए, अझ धेरै जन्मिने छन । म चाहन्छु ति कुराहरु नजन्मिउन जसले साधनाको आत्मालाई असार गरोस । ति कुराहरु नजन्मिउन जसले अरु धेरै साधनाको आत्मालाई नदु:खाओस । सबै राम्रा कुराहरु र भावनाहरुलाई ठेस नलागोस ।

शुन्यमा तिमी थियौ शुन्यमै हरायौ । शुन्यबाट शुरुभएको अर्को शुन्य अंक गणितमा नहराओस् । तिमीलाई हृदय देखी भावपूर्ण श्रदान्जली । । ।