बधशालाको बिशेष पत्रकार सम्मेलन

काठमाडौंको अनामनगर स्थित युनियन हाउसमा आज नेपाली चलचित्र ‘बधशाला’को बारेमा पछिल्लो चरणमा भएका गतिविधीहरुको सत्य-तथ्य जानकारी गराउने उदेश्यले बिशेष पत्रकार सम्मेलनको आयोजना गरियो । सुन्नुहोस उक्त बिशेष पत्रकार सम्मेलनको सम्पादन नगरिएको अडियो रेकर्डिङ ।
 चलचित्र बधशालाको प्रेस बिज्ञप्ती
शान्ति प्रक्रिया भाडिन्छ भन्दै बधशालालाई प्रदर्शनमा रोक लगाउने जङ्गी अड्डाको पछिल्लो आदेशसँगै बनेको नयाँ परिस्थितिमा हामी निकै मर्माहित भएका छौं ।
रक्षा मन्त्रालयको आदेश प्रकरण पछि हामीले सम्बन्धीत निकायहरुसँग भेटी वार्तालाप गर्दै र आवश्यक प्रकृया अपनाउँदे अगाडी बढियो तर अन्तिम निणर्यको रुपमा जङ्गी अड्डाको निर्णय कुर्ने सरकारी कार्यशैलीबाट हामी पूर्ण आश्चर्यमा परेका थियौँ ।
अन्त्यमा जङ्गीअड्डाले चलचित्रलाई शान्ति प्रकृया भाड्ने आरोप लगाउँदै सम्पूर्ण सरकारी निर्णयहरु प्रभावीत पारेपछि हामी समस्यामा परेका हौँ ।
कस्तो अचम्म हामी शान्ति प्रकृया बिथोल्ने समूह र नेपाली सेना शान्ति प्रकृयाको एक मात्र अभियानता ? हामी सर्जक श्रष्टाहरुलाई समाजमा शान्ति स्थापीत भएको देख्न नस्कने समूहको रुपमा आरोपीत हुँदा कस्तो शान्ति प्रकृया अगाडि बढीरहन्छ भन्ने प्रश्न गर्न मन लागेको छ । बिद्रोह सिध्याउन बिद्रोही मार्ने होइन भन्ने अभिव्यक्ति दिने चलचित्र शान्ति प्रकृया बिथोल्ने चलचित्र हुने भयो यो देशमा । एउटा निर्दोष मानिसलाई मार्नू हुदैन भनेर संकटकालमा संघर्ष एउटा आर्मीले गरेको देखाउँदा हामी अपराधी भयौँ ? अनि मानबिय सम्वन्धहरुले राजनैतिक द्वन्द्वमा मलम लगाउछ भनेर देखाउँदा हामी सजाय भोग्न बाध्य भयौ ।
हामीले चलचित्रको सम्पूर्ण निर्णय गर्ने अधिकार जनतामा दिनुपर्छ र यदि कुनै उत्सृङखल र अव्यवहारीक कुराको वकालत गरेको खण्डमा हामीलाई जनताले नै बहिस्कार गर्नेछन भन्ने कुरामा सदैब बिश्वास राख्ने सर्जकहरु आज बन्दुकको कुन्दाको च्यापमा छौँ र हामीलाई अन्याय भएको छ । यो अवस्था केवल चलचित्र वधशालाको मात्र समस्या हो भनेर मानीनु हुँदैन भोलीका दिनमा सबैलाई पर्न सक्छ । यो चलचित्र संस्कृतीको विकास माथीको हस्तक्षप हो, यो सम्पूर्ण सर्जकहरुको अभिव्यीक्त स्वतन्त्रता र दायित्व माथिको हस्तक्षप हो ।
हामी हाम्रा समाज राष्ट्रको बिषयमा सदैब चिन्तीत कर्मशिल समूह हौँ । के कुरा समाजमा देखाउँदा समाजको गतीलाई सहयोग पु¥याउँछ अथवा अवरोध पु¥याउँछ भन्ने बिषयमा हामी सदैब सचेत छौँ । त्यसैले सेल्फ सेन्सरसिप हाम्रो संबेधनशिलतामा जहिलेपनि प्राथमीक रुपमा रहन्छ तर यसरी भएको हस्तक्षपले हामी सबैको जगलाई हल्याउन कोशिस भएको छ र त्यसको बिपक्षमा अव सम्पूण श्रष्टा लेखक, पत्रकार सबै एकजुत भएर उभिनु र आवाज संप्रेशण गर्नु पर्ने अवस्था छ ।
यो हाम्रो संर्घष हामी केही ब्यक्तिको संघर्ष मात्र नबनोस यो सामुहीक होस र सामुहीक हितको लागि होस भन्ने हाम्रो चाहाना हो । हामी अव संचार मन्त्रालयको आधिकारीक पत्र हात पारेपछि सर्वोच्च अदालत जाने निर्णय गरेका छौँ । साथसाथै राष्ट्रिय मानवअधिकार आयोग युनाइटेड नेसन पिस्कीपीनेसन लगायतका सम्वन्धीत निकायहरुमा पनि जाने अवधारणा बनाएका छौँ । हामीलाई थाहा छ अवको संघर्ष झन चुनौतीपूर्ण हुनेछ । तर हामी अभिव्यक्ति स्वतन्त्रताको अधिकारको लागि इमान्दारी पूर्वक होमीएका छौँ र सबैको आ–आफ्नो क्षेत्रबाट सहभागीताको अपेक्षा गर्दछौँ ।- चलचित्र ‘वधशाला’ निर्माण परिवार