स्पष्टिकरण हैन मात्र शुभकामना ।

खै, भन्न त मानिसहरु दुखेको घाउमा नचलाउनु भन्छन् । तर पनि दुखाई सहन नसकेर घरीघरी त्यहि घाउलाई हेर्न र चलाउन मनलाग्छ । जति जति दुखाई बढ्दै जान्छ अनि घाउ कसरी भयो भन्ने सम्झना पनि मानसिक तनाब सँगै जोडिएर आउछ । अखिर किन हुन्छ यस्तो ? सायद यो कुरा बुझ्न धेरै समय लाग्छ होला जुन म सँग छैन । जुन दिन समय आउछ अनि अवश्य थाहा होला । तर अहिले भने जे छ जस्तो अवस्थामा छ त्यहि मन र मष्तिकको आवाजमा मात्र भनी रहेको छु ‘शुभकामना’

म कसैको मन दुखाउन हैन आफ्नै दुखेको मनलाई सन्त्वना मात्र दिदैछु । मलाई कसैको मन दुखाउने न त रहर छ न त अधिकार । आफ्नो मनमा मलम लगाउन नसक्नेले अरुको दुखेको मनलाई न त महशुस गर्न सक्छ न त दुखाउन नै । जे भयो भयो म बिर्सन चाहन्छु ति हरेक दुखाई र पिडा जसले मलाई प्रत्येक क्षण सामर्थ्यहिनताको अनुभुति गराउछ । तर अहिले भने जे छ जस्तो अवस्थामा छ त्यहि मन र मष्तिकको आवाजमा मात्र भनी रहेको छु ‘शुभकामना’

थाहा छैन मलाई म सहि छु या गलत, तर मेरो मनले भने मलाई सदैव भन्छ त सहि थिस् र छस् ।  मेरो विगत अनि मेरो वर्तमान दुबै सँग जोडिएको एउटै कुरा भनेको म मनलाई सुन्छु र दिमाग आफै सक्रिय हुन्छ । सायद समय परिवर्तन भयो होला तर म जे थिए त्यहि नै छु । मेरो मन आज पनि दुख्छ जसरी हिजो दुख्थ्यो । आज पनि म मेरो मनलाई बुझाउन सक्दिन । तर अहिले भने जे छ जस्तो अवस्थामा छ त्यहि मन र मष्तिकको आवाजमा मात्र भनी रहेको छु ‘शुभकामना’

Image : http://psychcentral.com/