एउटा सुन्दर सपना देख्ने रहर सबैलाई हुन्छ ।

 

एउटा सुन्दर सपना देख्ने रहर सबैलाई हुन्छ । भनिन्छ – सपना देखेपछी मात्र त्यो साकार हुन्छ । महान साहित्यकार, बैज्ञानीक, योगी, ॠषीमुनी सबैले सपना देखेका कारण नै आज हामी उनिहरुलाई सम्झन्छौ ।
उनिहरुको महान कर्मको सम्मन र प्रतिपादन गर्छौ । र उनिहरु जस्तै महान बन्ने विश्वासमा हामी सपना देख्न थाल्छौ । किनभने उनिहरुको सपना साकार भयो त्यसैले अब हाम्रो सपना पनि साकार हुन्छ ।

मुनामदनको सपना यदी देवकोटाले नदेखेको भए ?
राइट दाजुभाइले हावाइजहाजको सपना नदेखेको भए ?
धन्वन्तरीको सपना आयुर्बेदमा नअड्किएको भए ?
महाभारत सँगै बेदको सपना व्यासमा नाअएको भए ?
 
सपना देख्दैमा हामी देवकोटा र व्यास बन्नसक्छौ र ? सायद उनिहरु समानकै नयाँ देवकोटा र व्यास भने बन्न सक्छौ । किन भने सपना देखे पछी त्यो आवश्य साकार हुन्छ ।
यही कुरा सोचेर मैले पनि सपना देख्न थाले । सायद देवकोटाको मुनामदन भन्दा पनि गहिरो, धन्वन्तरी को भन्दा पनि नविनतम, राइट दाजुभाइको भन्दा पनि आधुनिक र व्यासको महाभारत भन्दा पनि बृहत ।
तर मैले मेरो सपना साकार हुने सम्भावना कहिल्यै आनन्दको सास फेरेर लिन सकिन, देख्न सकिन । लाग्छ सपना देखेर मात्रा पनि साकार हुँदैन । सपना साकार पार्न अहोरात्र काम गरेर पनि हुँदैन । जब म मेरा सपनाहरुलाई सम्झन्छु – आँखा, मन, मस्तिष्क सबै अगाडि मरुभुमी मात्र देख्छु भनौ मनन गर्छु । आँखामा अन्धकार छाउछ, मनमा छट्पटी पैदाहुन्छ अनी मस्तिष्कमा त्यही सपना निदैरहेको पाउछु ।
धेरै प्रयत्नले सपनालाई उठाउन खोज्छु, छट्पटिलाई मेटाएर उज्यालो हेर्न चाहन्छु तर म सफल हुदिन ।
 
कहिले काही त लाग्छ मैले सपना नै गलत देखे । जसलाई म कहिले पनि साकार बनाउन सक्दिन । लाग्छ यो सपना माथि मैले एकाधिकार जमाए । अरुले यो सपना देखेको भए सायद साकार पार्न सक्थे तर मैले यसलाई आफ्नो सपना ठानेर आफुसँग मात्र राखें ।
तर अर्को मनले सोच्छु यो म बाहेक अरुले पनि देखेको सपना हो । धेरै जना छन जसले यो सपना देखेका छन । र साकार हुने आशामा छन । तर आज सम्म कसैले पनि त्यो सपनालाई साकार बनाउन सकेका छैनन् । कतिलाई त भ्रम छ मैले साकार पारे भनेर तर तिनिहरु सपनामा यसरी हरएकी सपनाको खोल ओडेर अगाडि बड्दै जादाँ सपना नै परिवर्तन भयो र परिवर्तित सपनालाई नै साकार परे र वास्तबिक सपनालाई उनिहरुले बिर्सिए ।
मलाई पनि डर छ कतै मेरो सपना पनि परिवर्तित हुने त हैन ? र भ्रममा सपनालाई साकार बनाएर मुनामदनको साट्टो चुट्किला त लेख्दिन ?